Websoft University

भारतमा दश हजारका दरले कोरोना संक्रमित थपिन थाले


काठमाण्डौ जेठ ३१ गते । रातो तारा डट कम,दक्षिण एसियाली मुलुक भारतमा पछिल्लो दुई दिनदेखि दश हजारका दरले कोरोना संक्रमित थपिन थालेका छन् । आज बिहान भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन भारतमा ११ हजार चार सय भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । 

योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या वृद्धि भएर तीन लाख आठ हजार नाघेको छ । यस्तै हिजो एकैदिन भारतमा कोरोना भाइरसका कारण तीन सय ८६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.