Websoft University

राजतन्त्रले गुमाएको भुमि गणतन्त्रका पालामा फिर्ता


काठमाण्डौ जेठ ३२  गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउन लागिएको बताउनुभएको छ । तर यो व्यक्ति विशेषको मुद्धा नभई सामूहिक विषय भएको पनि प्रचण्डले बताउनुभयो । 

लिम्पियाधुरा सहितका क्षेत्र समेटिएको नयाँ नक्सा अनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै प्रचण्डले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताउँदै आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको धारणा राख्नुभयो । 

पछिल्लो समय हरेक सरकारले सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न चाहेको पनि प्रचण्डको भनाइ
थियो । नयाँ नक्सा ल्याएर तथा लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले ऐतिहासिक दिनमा साथ दिने सबैलाइ धन्यवाद दिनुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.