Websoft University

प्रदेश १ मा क्वारेन्टाईन व्यवस्थित भएन


विराटनगर, ३१ जेठ । रातो तारा डट कम, प्रदेश १ मा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुले बताएका छन् । आज प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले क्वारेन्टाईन व्यवस्थित नभएकाले कोरोना भाईरसको संक्रमण झन बढ्न सक्ने औंल्याएका छन् । 

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाईन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो,‘प्रदेश सरकारले जति क्वारेन्टाईन निर्माण गरेको छ, सवै व्यवस्थित छन ।’ मन्त्री कार्कीले स्थानीय स्तरमा निर्माण गरिएका केही क्वारेन्टाईन व्यवस्थित नभएको गुनासो आएकाले मापदण्ड विपरितका क्वारेन्टार्ईन बन्द गरिने गरिएको बताउनुभयो । 

नेकपा मोरंगका अध्यक्ष ऋषिकेश पोखरेलले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको काम प्रभावकारी भएको बताउनुभयो । अन्य प्रदेशको तुलनामा १ नं. प्रदेश सरकारले गरेको कार्य प्रभावकारी देखिएको उहाँले बताउनुभयो । सरकारको हिसाव किताव खोज्ने यूवाले घरका अभिभावकको पनि हिसाव किताव खोजे देशमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने अध्यक्ष पोखरेलले बताउनुभयो।

नेपाली काँग्रेस मोरंगका सचिव मोदराज घिमिरेले कतिपय स्थानीय स्तरमा निर्माण गरिएको होल्डिङ एरिया व्यवस्थित नभएको बताउनुभयो । अनुगमनका क्रममा पनि होल्डिङ एरिया व्यवस्थित नभएको पाईएको उहाँले बताउनुभयो । कोरोनाका नाममा सरकारले भष्ट्राचार गरेको नेता घिमिरेको आरोप छ । जनता समाजबादी पार्टी मोरंगका नेता राजकुमार यादवले पछिल्लो समय भारतबाट आउनेहरू बढेसँगै बनाईएका होल्डिङ  एरिया व्यवस्थित नहुँदा सेन्टरमा राखिएकाहरु भाग्न थालेको बताउनुभयो । 

नयाँ पुराना संक्रमित एकै ठाउँमा राख्ने गरेका कारण संक्रमण अझै फैलन सक्ने भन्दै उहाँले होल्डिङ  एरिया व्यवस्थित गर्न माग गर्नुभयो । यूवा अभियानकर्मी दिपेश धिमालले क्वारेन्टाइन व्यवस्थित नभएको बताउनुभयो ।उहाँले यूवाहरुले सरकारलाई निरन्तर खवरदारी गरिरहने बताउनुभयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीव शर्माले प्रदेश १ मा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा अहिले सम्म भएका काम प्रभावकारी भएको बताउनुभयो । 

देशभर २१ स्थानमा पीसीआर परिक्षण हुने भएपनि सवैको पीसीआर गर्न संभव नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘पीसीआर सवैको गर्न आवस्यक पनि छैन ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, प्रेस संगठन मोरंगका संयोजक सुदीप कोइराला लगायतले बोल्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.