Websoft University

नेपाल परिवार दलले नेपाल सरकार र प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली प्रति कृतज्ञता ज्ञापन गरेकोछ



काठमाडौं । रातो तारा डट कम,नेपाल परिवार दलले नेपाल सरकार र प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली प्रति कृतज्ञता ज्ञापन गरेकोछ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले एक बिज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै उक्त कदमको प्रशंसा गरेका हुन् । 

परिवार दलले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक उपलब्धी रहेको बताएका छन् ।

राष्ट्रियताको एजेन्डामा अभुत्पुर्ब एकता प्रदर्शन गरेकोमा नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजबादी पार्टी नेपाल लगायत संसद भित्र र बाहिरका सबै राजनैतिक दलहरुलाई बिशेष धन्यवाद दिदै परिवार दलले अब कोभिड १९ लाई परास्त बनाउन पनि यस्तै राष्ट्रिय एकता र सहमति प्रस्तुत गर्न सबै देशभक्त राजनैतिक दलहरु, नागरिक समाज र आम नेपाली समुदायमा हार्दिक अपिल गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.