Websoft University

नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७ सय ६० पुगेकोछ


काठमाण्डौ जेठ ३२ गते । रातो तारा डट कम,बितेको २४ घण्टामा नेपालमा थप ४ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्य ३ सय ७५ जना पुरुष र ५० जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिनुभएको हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७ सय ६०पुगेकोछ । जसमा  पुरुष ५ हजार ३ सय २४ र महिला ४ सय ३६ रहेका छन् । 

यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन्  । यो सहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९ सय ७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८ सय ७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिनुभयो । 

यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.