Websoft University

सुन्दरहरैंचा–१२ को सुरक्षामा वडाको लगानी, ठाउँ–ठाउँमा सीसी क्यामेराबाट निगरानी


शिव भट्टराई,मोरङ जेठ ३२ गते । रातो तारा डट कम, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले वडाका विभिन्न ठाउँमा सीसी क्यामेर जडान गरेर निगरानी गर्न थालेकोे छ । वडाको बजेटमार्फत वडाका विभिन्न चोक, इन्द्रपुर स्वास्थ्य चौकी, सुकुना बहुमुखी क्याम्पस लगायतका स्थानमा सीसी क्यामेरा जडान गरिएको हो । सो क्षेत्रमा हुने चोरीका घटना, शंकास्पद गतिविधि र अनैतिक कृयाकलापलाई नियन्त्रण गर्ने उद्देश्यका साथ सीसी क्यामेर जडान गरिएको वडा कार्यालयले जनाएको छ ।

इन्द्रपुर स्वास्थ्य चौकीमा ५० हजारको लागतमा ३ वटा क्यामेर जडान गरिएको वडा सचिव अनिल पोखरेलले जानकारी दिनुभयो । स्वास्थ्य चौकी आसपासमा वस्तु चराउने, दुव्र्यसनीहरु भेला हुने तथा अवाञ्छित कृयाकलाप समेत हुने गरेको भन्दै स्थानीयले गुनासो गरेपछि वडाको वजेटबाट सीसी क्यामेर जडान गरि निगरानी गर्न थालिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य चौकीका इञ्चार्ज लिलामणि दाहालले सीसी क्यामेर जडान गरेर निगरानी गर्न थालेपछि सो क्षेत्रमा हुने अवाञ्छित कृयाकलाप रोकिएको बताउनुभयो । 

वडाले दिएको १ लाख ८० हजार बजेटबाट ५० हजार २ सय लागतमा ३ वटा सीसी क्यामेर जाडान गरिएको उहाँको भनाइ छ । साथै थप रकमबाट मेडिकल उपकरण लगायतका सामान खरिद गर्न लागिएको छ । जसमा ल्यावको एनालाइजर, ओटोस्कोप, टंग डिप्रेसर, वीपी स्टुमेन्ट, फोटोकपी मेसिन, प्रिन्टर, लगायतका सामान खरिद गर्नका लागि स्वास्थ्य शाखामा पठाइएको दाहालले जानकारी दिनुभयो । इन्द्रपुर स्वाथ्य चौकीबाट सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९, १०, ११ र १२ नम्बर वडाका नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने गरेका छन् ।

यसैगरि सुन्दरहरैंचा वडा नम्बर १२ ले २ लाख रुपैयाँको लागतमा वडा नम्बर १२ को शुक्रबारे बजारको महेन्द्र मावि आसपास, सिद्धार्थ बालस्तम्भ आसपासमा र सुकुना बहुमुखि क्याम्पसको गेट (क्याम्पस चोक) अगाडि सीसी क्यामरा जडान गरेको छ । जसको कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय विराटचौकमा रहेको छ । जसका कारण प्रहरीलाई कुनै घटना भए अनुसन्धान गर्न तथा निगरानी गर्न निकै सहज भएको छ । विराटचौक क्षेत्रमा चोरी गर्ने र शुक्रबारे हुँदै भाग्ने गरेको देखिएपछि सो क्षेत्रमा सीसी क्यामेर जडान गरिएको वडा कार्यालयले जनाएको छ । 

इलाका प्रहरी कार्यालयको कन्ट्रोलरुममा रहेको माउस क्लिक गरी प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङलगायतले केही दिनअघि सीसी क्यामरा सञ्चालनको औपचारिक उद्घाटन गर्नु भएको थियो ।

वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले सुन्दरहरैंचा क्षेत्रमा जनघनत्व धेरै भएकाले आपराधिक घटना पनि बढिरहेकाले सीसी क्यामेरा जडान गरिएको बताउनुभयो । उहाँले वडाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आगामि दिनमा आवश्यकता हेरेर थप स्थानमा समेत सीसी क्यामेर जडान गर्न सकिने जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय विराटचोकका इञ्चार्ज धर्मेन्द्रकुमार झाले प्रहरी र नागरिक समन्वय हुनुपर्नेमा जोड दिंदै वडाले सीसी क्यामेर जडान गरेपछि सहयोग पुगेको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.