Websoft University

उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइ


काठमाण्डौ असार १ गते । रातो तारा डट कम,सरकारले बन्दाबन्दी खुकुलो गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइ गरेको छ । अत्यावश्यक सेवाका सवारीसाधन, खाद्यान्न, एम्बुलेन्स र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेक अन्य सवारी साधनलाई काठमाण्डौ उपत्यका प्रवेशमा कडाइ गरिएको हो । उपत्यका बाहिरका जिल्लामा कोरोना संक्रमित संख्या बढेपछि उपत्यका प्रवेश गर्ने मुख्य नाका मध्यको एक भक्तपुरको जगाती नाकामा थप कडाइ गरिएको भक्तपुर प्रहरी प्रमुख सबिन प्रधानले बताउनुभयो । काठमाडौं उपत्यका छिर्नेमध्ये बढी व्यस्त रहने भक्तपुरको जगाती नाकाबाट सवारी साधन प्रवेशमा थप कडाइ गरेसंगै यात्रा गर्ने आज केहि कमी आएको प्रहरीले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.