Websoft University

स्थानीयहरु मिलेर ताल निर्माण गरे


काठमाण्डौ असार १ गते । रातो तारा डट कम,खार्मीका स्थानीयले ताल निर्माण गरेकाछन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११ खार्मीका २२ घर स्थानीयले भंगेटारमा कांसाहोप नामक ताल निर्माण गरेको हो । बाँझोबारी, कांसाहोप, रमितेडाँडा लगायतका विविध स्थानको पर्यटन प्रवद्र्धनका लागि कृतिम ताल निर्माण गरिएको बताईएको छ । तल्ला क्षेत्रमा सिँचाईमा उपयोग गर्न मिल्ने गरी स्थानीयले चन्दा उठाएर करिब ३ लाख ५ हजारमा एल आकारको ताल निर्माण गरेको उपभोक्ता समितिका सचिव दिपककुमार तामाङले बताउँनुभयो ।  नियमित पानी पलाउने मुहान भएको सानो खाल्डोलाई लकडाउनकैबेला स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो । ताल बनेपछि रमिता हेर्ने र घुमफिर गर्ने स्थानीयको घुइचो लाग्न थालेकोसचिव तामाङले बताउनुभयो  । तालसम्म पुग्नका लागि कच्ची सडक बनिसकेकोछ । तामाङ भाषामा मटेंग्रा बनाउने माटोलाई ‘कांसा’ र खाल्डोलाई ‘होप’ भनिन्छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.