Websoft University

उदयपुरगढी गाउपालिकाका युवाले तिन दिनमै सुविधा सम्पन क्वारेन्टीन निर्माण गरे


श्याम राई-गाईघाट ३१ जेष्ठ रातो तारा डट कम,स्थानिय युवा हरुको सक्रियतामा उदयपुरको उदयपुरगढी गाउपालिकामा तिन दिनमै सुविधा सम्पन क्वारेन्टीन निर्माण गरेर संचालनमा आएकोछ । गढी गाउपालीका ७ स्थीत जनशक्ति युवा कल्व को खेल मैदानमा २६ वेडको उक्त क्वारेन्टीन वनाउन झन्डै ६ लाख रुपैया लागेको स्थानीय होम बस्नेत ले बताए । “हामी युबाहरुले आफनो क्षमता अनुसार रकम संकलन गरेर क्वारेन्टीन निर्माण गरेका हौ”। उनले भने । “२ हजार देखी २० हजार रुपैया सम्म सहयोग जुटेको छ । गाउलेहरु ले तिन दिन सम्म श्रमदान गरेका हुन” । उनले भने ।  “सवैको सामुहीक प्रयास भएपछि क्वारेन्टीन तिन दिनमै बनाउन सक्यौ” । वस्नेत ले भने । क्वारेन्टीन शुक्रबार बाट संचालन मा आएको ले अहिले एक जना लाई राखीएको उनले बताए । गाउपालीका ले पहिले हाडिबास स्थीत माविहाडीबासमा १ सय वेड क्षमता को सुविधा सम्पन्न क्वारेन्टीन वनाउने निर्णय गरेको थियो । तर स्थानीय गाउले र विध्यालय बाट तिव्र विरोध भएपछी क्वारेन्टीन निर्माण मा अबरोध भएको थियो । त्यस पछि स्थानीय युवाहरु ले आफै खर्च गरी खेल मैदानमा बनाउने निर्णय गरेको एक साता मै रकम जुटेको स्थानीय नारायण कार्कि ले भने। क्वारेन्टीन फलामे ट्रष्ट, प्लाई,जस्ता र बास र अन्य स्थानीय सामागी्र प्रयोग गरी बनाईएको छ । क्वारेन्टीनमा विजुली वत्ती, शौचालय,वाईफाइ जडान गरीएको छ । “हामिले सरकार ले क्वारेन्टीन को लागी  तोकेको सवै मापदण्ड पुरा गरेको छौ” । वस्नेत ले भने । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.