Websoft University

कृषि समचार--कृषकको खेतबारीमा बेलबारीका प्रमुख उप प्रमुख


बेलबारी । रातो तारा डट कम,बेलबारी नगरपालिकाका नगर प्रमुख उप प्रमुख शुक्रवार दिउसो २ बजे तिर कृषकको बारीमा पुगे । कृषकका समस्या तथा उनिजहरुले उत्पादन गरेका तरकारी खेतिको बारेमा जानकारी लिनुभयो ।

नगरपालिकाले बेलबारी ४मा कृषक पाठशाला मार्फत २५ जना भन्दा वढि महिलालाई ब्याबसायिक तरकारी खेति गर्न सिकाएको थियो । नगरपालिकाकै आर्थीक तथा प्राविधिक सहयोगमा महिलाहरुले करेला खेति गरीरहेका छन ।

अर्गानिक खेतिमा जोड दिदै सुरु गरिएको सामुहिक खेति हेर्न नगरप्रमुख ज्ञानेन्द्र सुवेदी तथा उपप्रमुख ढाका कुमारी पराजुली कृषकका खेतबारीमा पुग्नु भएको थियो । कृषको उत्पादन हेर्दै नगर प्रमुख सुवेदीले नगरपालिकाले सामुहकि खेतिलाई प्रोत्सान गर्ने बताउनु भयो । 

उहाँले कृषकलाई सहयोग गर्न नगरपालिका तयार रहेको समेत बताउनु भयो । यस्तै उपमेयर पराजुलिले ब्यासायिक कृषिमा लागन सवैलाई आग्रह गर्नु भयो । कृषक महिलाहरुले समेत नगरपालिकाले दिएको ज्ञान सिपलाई ब्यबहारमा उतार्ने बताएका छन । 

उन्नत जातका बीउ विरुवा लगायत यन्त्र उपकरण वितरण गरिरहेको नगरपालिकाले निशूल्क प्राविधिक सीपसमेत प्रदान गर्दै आएको छ । थोरै लगानिमा धेरै उत्पादन दिने गरी पाठशालानै स्थपना गरेर कृषकहरुलाई ब्याबसायिक बनाउन थालिएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिनोद दाहालले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.