Websoft University

आज ३ सय ३१ कोरोना सङ्क्रमित थपिए


काठमाण्डौ असार ६ गते । रातो तारा डट कम,आज कोरोना भाइरसका तीन सय ३१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा तीन सय ३१ जना कोरोना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित जानकारीका क्रममा बताएको हो । योसँगै कोरोनाबाट आजसम्म सङ्क्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोना निको भएर आज एक सय ७६ जना घर फर्किएका छन् । कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको प्रवक्ता गौतमले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.