Websoft University

विदेशमा अलपत्र नेपालीको उद्धार हुँदै,


काठमाण्डौ असार ८ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरसका कारण बिभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार आज पनि हुँदैछ । नेपाली ल्याउनका लागि २ वटा विमान आज बिहानै उडीसकेका छन् । हिमालय एयरलाइन्सको एउटा विमान माल्दिभ्स उडेको छ भने हिमालयकै अर्को विमान पाकिस्तानको इस्लामावादका लागि उडेको छ । अबको केही बेरमा नेपाल वायुसेवाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । यो विमानले बहराइनमा अलपत्र नेपाली लिएर आउन लागेको हो । स्वास्थ्य सामग्री खरिदका लागि हिमालयको एउटा जहाज भने चीनतर्फ उडेको विमानस्थल स्रोतले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.