Websoft University

संसदीय समितिले स्वास्थ्य सामाग्रीमा भएको अनियमिताको छानबिन सुरु गर्यो


काठमाण्डौ असार ८ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरस (कोभिड १९) को समयमा स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे आज संसदीय समितिमा छलफल हुने भएको छ । 

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले यस बारेमा छलफल गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका अधिकारीलाई बोलाएको छ । बिहान ११ बजे सिंहदरवारमा सुरु हुने समितिको बैठकमा स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई बोलाइएको समितिका सभापति भरत शाहले सीआईएनलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार सरोकारवाला पक्षसँग छलफलपछि थप अध्ययनका लागि उपसमिति पनि गठन हुन सक्नेछ । लेखा समितिले स्वास्थ्य सामग्री खरिदसम्बन्धी अधिकांश कागजात यसअघि नै सङ्कलन गरेको छ । तिनै कागजातका आधारमा समितिका सदस्यहरूले आजको बैठकमा विचार राख्नुका साथै प्रश्न राख्नेछन् ।  सरकारले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी नामक कम्पनीसँग सम्झौता गरेको थियो । 

तर उसले पहिलो चरणमा औषधि र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेपछि सरकारले समयमा आपूर्ति गर्न नसकेको भन्दै सम्झौता रद्द गरेको थियो । बजार मूल्यभन्दा महङ्गोमा खरिद गरेको र प्रक्रिया मिचिएको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.