Websoft University

ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु


उदयपुर, जेष्ठ २३ गते । रातो तारा डट कम,उदयपुरको बेलका नगरपालिका-८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

आज बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोला तर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका बेलका नगरपालिका-८ का ३१ बर्षीय ईन्द्र बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.