Websoft University

मृत अवस्थामा फेला


मोरङ, जेष्ठ-३१ गते । रातो तारा डट कम,मोरङ धनपालथान-७ कदमाहा बस्ने रहिम आलमको छोरा ७ बर्षीय खालिद हुसेन मृत अवस्थामा  फेला परेका छन । हिजो अपरान्ह ५ बजे घरमा कोही कसैलाई नसोधी हिडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनि अबेर सम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारी बेलुका ७ बजे प्रहरीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.