Websoft University

नेपालमा आज थप ६ सय २९ जनामा कोरोना सङ्क्रमित फेला परे


बिराटनगर असार १० गते । रातो तारा डट कम,विगत २४ घण्टा यता नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । सङ्क्रमित मध्ये १ सय १० महिला हुन् भने बाँकी ५ सय १९ पुरुष हुन् ।  
आज थपिएका सहित नेपालमा सङ्क्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको छ । हालसम्म २ हजार ३ सय ३८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।  प्रवक्ता डा. गौतमका अनुसार देशका ७६ जिल्लामा सङ्क्रमण देखिएको छ । रसुवा बाहेक देशका सबै जिल्लामा कोरोना सङ्क्रमण भएको हो ।  हालसम्म नेपालमा २४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  

आजसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडीटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । आज  १ सय १४ जना सङ्क्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.