Websoft University

उद्योग संगठन मोरंङ र मोरंङ व्यापार संघको संयूक्त प्रेस विज्ञप्ती


बिराटनगर असार १० गते । रातो तारा डट कम,उद्योग संगठन मोरंग र मोरंग व्यापार संघ वीच अन्तर्राष्ट्रिय स्तरको औद्योगीक प्रदर्शनी स्थल सम्बन्धमा साझेदारी पत्रमा हस्ताक्षर कार्यक्रम आज मिति २०७७ असार १० गते, संगठनको सचिवालयमा सम्पन्न भयो । 

उद्योग संगठन मोरंगले ९५ वर्षका लागि लिजमा लिएको जग्गामा प्रदेश सरकार, विराटनगर महानगरपालिकाको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलको निर्माण गर्न मोरंग व्यापार संघको समेत साझेदारी सामानान्तर सहभागीता र दायित्व रहने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारी पत्रको हस्ताक्षर कार्याक्रममा उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योगी÷व्यवसायीले लामो समय देखी प्रदर्शनी स्थलको अभाव भोग्दै आएको कुरालाई मनन गर्दै स्थाई रुपमा प्रदर्शनी स्थल निर्माण गर्ने पूनित उदेश्य लिई उद्योग संगठन मोरगंं र मोरंग व्यापार संघ वीच प्रदर्शनी स्थल सम्वन्धी सम्झौता हस्ताक्षर गरीएकोमा खुशी व्यक्त गर्नु भयो । 

मोरगं व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगीक व्यवसायीक क्षेत्रको विकासका लागी दुवै संस्था वीच भएको समझदारी अगामी दिनमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो । उहांले उद्योगी व्यवसायीको हक, हितका लागी स्थापीत दुवै सस्थाको उद्देश्य समान भएको हुदा यो सहकार्यले यस क्षेत्रको औद्योगीक विकासमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो ।

उद्योग संगठन मोरंगका पूर्व अध्यक्ष सुशिल कुमार धनावतले दुवै संस्था विच भएको सम्झौता ऐतिहासिक भएको उल्लेख गर्दै यस सम्झौता अन्य उद्योग वाणिज्य संघहरुका लागी समेत उदाहारणिय भएको बताउनु भयो  ।

उद्योग संगठन मोरंगका निवर्तमान अध्यक्ष मुकेश उपाध्याय र मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष पवन सारडाले दुवै संस्थाको प्रगाढ सम्वन्धले यस क्षेत्रको औद्योगीक वातावरण फस्टाउने विश्वास व्यक्त गर्नु भयो । 

मोरंग व्यापार संघ पूर्व अध्यक्ष महेश जाजुले औद्योगीक वस्तुहरुको विकी्र वितरण र प्रवद्र्धनका लागी प्रदर्शनीले महत्वपूर्ण भुमिका विर्वाह गर्ने भएतापनि प्रदर्शनी स्थलको अभावमा त्यस्ता गतिबिधि उल्लेखिय मात्रामा नभएको औल्याउदै अवका दिनमा त्यस्ता प्रदर्शनीले गती लिने विश्वास व्यक्त गर्नु भयो । 

मोरंग व्यापार संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले प्रदर्शनी स्थल निर्माणका सन्दर्भमा सकारात्मक शुरुवात भएको र यस सहकार्यले निकट भविष्यमा नै प्रदर्शनी स्थलको निर्माण भई यस क्षेत्रको औद्योगिक विकासमा गतिशिलता प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । 

दुवै संस्था विच भएको प्रदर्शनी स्थल सम्वन्धी साझेदारी पत्रमा उद्योग संगठन मोरंगका अध्यक्ष भिम घिमिरे र मोरंग व्यापार संघका तर्फवाट अध्यक्ष प्रकाश मुन्दडाले हस्ताक्षर गर्नु भएको  थियो ।  

कार्यक्रममा उद्योग संगठन मोरंगका उपाध्यक्ष प्रदिप मुरारका, राजकुमार गोल्छा, कोषाध्यक्ष नन्द किशोर राठी, कार्यसमती सदस्य सुवोध कोइराला, सुरेन्द्र गोल्छा, संजय कुमार अग्रवाल, प्रतिभा रिजाल ओली, विपिन काबरा, विनोद पौडेल, पारस लुनिया र मोरंग व्यापार संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष नविन रिजाल, उपाध्यक्ष अनुपम राठी, विकास वेगवानी, महासचिव अनिल शाह, सचिव अनिल शारडा, विशेष सल्लाहकार सुनिल टिवडेवाल लगायतको उपस्थिती रहेको थियो ।   

२०७७ असार १० गते, वुधवार
विराटनगर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.