Websoft University

प्रदेश १ मा कोरोना नियन्त्रणमा आउँदै ः मन्त्री घिमिरे

विराटनगर, १० असार । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना नियन्त्रणमा आउँदै गएको बताउनु भएको छ । पछिल्ला दिनहरुमा देखिएको संक्रमण भन्दा पनि निको भएर जानेको संख्या बढ्दै गएको उहाँले बताउनुभयो । 

फायल फोटो,
प्रदेश सरकारले कोरोना जित्दै गएको मन्त्री घिमिरेको भनाई छ । प्रदेश १ को समुदायस्तरमा देखिएको संक्रमण नियन्त्रणमा आएको र अहिले देखिएको संक्रमण क्वारेन्टाईनमा मात्र भएकाले चाडै नियन्त्रणमा उहाँले विश्वास व्यक्त गर्नुभयो । झापाको शिवसताक्षी नगरपालिकाको छैठौं नगरसभाको आज उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । 

मन्त्री जीवन घिमिरेले बजेट निर्माण भन्दा पनि कार्यन्वयनमा जोड दिनुभएको छ । उहाँले निर्माण गरिएको बजेट पूर्ण कार्यन्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहहरु सम्बृद्धिको बाटोमा अघि बढ्न जरुरी भएको बताउनुभयो । अहिले वडा–वडामा विकास निर्माणका कार्यहरू भैरहेपनि त्यत्ति मै सन्तोष मान्ने अवस्था नभएको भन्दै उहाँले भन्नुभयो,‘ अझ सशक्त ढंगले समृद्धिको बाटोमा अघि बढ्न जरुरी छ ।’ 

स्थानीय तहरुले बजेटका लागि आफ्नै श्रोतहरुको विकास गर्नुपर्नेमा मन्त्री घिमिरेको जोड छ । जनप्रतिनिधिहरुले गर्ने काम लुकाएर लुक्न नसक्ने भएकाले आचरण शुद्ध राखेर काम गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो,‘ जनप्रतिनिधि खुल्ला किताब हो, जनप्रतिनिधिले गरेको क्रियाकलाप लुकाएर लुक्न सक्दैन , कुनै न कुनै बेला बाहिर आउँछ ।’ 

राम्रो काम गर्दा पनि नियोजित विरोधहरु आउन सक्ने भएकाले विरोध भयो भन्दैमा काम नछाड्न उहाँले आग्रह गर्नुभयो । जनताको नजरमा उत्तीर्ण हुने चेष्टा राखेर काम गर्नुपर्ने मन्त्री घिमिरेको भनाई छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.