Websoft University

अनियन्त्रीत रुपमा नदिजन्य वस्तुको उप्खनन गर्ने काम रोकिएन


श्याम राई-गाईघाट जेष्ठ २७ गते । रातो तारा डट कम,चौदण्डी नगरपालिकाको लामा खोलामा अनियन्त्रीत रुपमा नदिजन्य वस्तुको उप्खनन भैरहेको छ । 

आर्थिक वर्ष २०७६⁄७७ मा उक्त खोलामा निकाल्न अनुमती दिएको भन्दा तिन गुणा वढि अधिकार क्षेत्र बाहीर गएर उत्खनन गरिएको वेलटारका स्थानिय राजेन्द्र कटुवाल ले वताए ।( यो वर्ष १२ हजार ५ सय २ घन मिटर निकाल्ने अनुमती थियो । 

तर तिन गुणा भन्दा वढी नदिजन्य पदार्थ निकालीएको छ । उनले मंगलबार पत्रकार सम्मेलनमा भने । अनुमती दिएको भन्दा वढी परिणाममा नदिजन्य पदार्थ निकाल्दा समेत नगरपालीका ले कुनै चासो नदिएको उनले बताए ।( हामिले  पटक, पटक नगरपालीका मा जानकारी दिएका छौ। तर कुनै सुनुवाई भएन उनले भने) । 

कर्मचारी र जनप्रंतिनिधिको मिलोमतोमा नदिमा अवैध रुपमा दोहन भैरहेको छ । उनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागु भएको सिवाई खोलामा कानुन विपरीत वालुवा प्रशोधन केन्द्र संचालन गर्न दिएको वताए । चुरे संंंरक्षण क्षेत्रमा कानुन अनुरुप कुनै किसिमको वालुवा प्रशोधन केन्द्र र क्रसर राख्न पाईदैन। 

नेकपा चौदण्डी नगर अधक्ष्य समेत रहेका कटुवाल ले भने । नगरप्रमुख खगेन्द्र राईले अनुमती दिएको भन्दा वढी नदि जन्य पदार्थ उत्खनन नगरीएको वताए । नगरपालीकाको विरोधमा प्रतिपक्ष ले बदनाम गर्न चालेको कदम मात्र भएको उनले बताए । 

मैले कानुन विपरीत एक इन्च पनि काम गरेको छैन हामी लाई बदनाम गर्न नेकपा लागीपरेको ले बिरोध गरेको उनको भनाई छ । नगरपालीकाले मनन कंन्ट्रसन लाई नदि जन्य बस्तुको उत्खनन को ठेक्का दिएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.