Websoft University

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो– पछिल्लो २४ घन्टामा ३ सय २३ जनामा संक्रमण पुष्टि


काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम,नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ सय २३ जनामा संक्रमण पुष्टि भएसँगै ४ हजार ८५ जना पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् । 

त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना रहेका छन् । कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा सङ्क्रमण देखिएको छ । इलाममा पहिलो पटक सङ्क्रमण देखिएको हो । यो सँगै सङ्क्रमित भएका जिल्लाको संख्या ७२ पुगेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.