Websoft University

युवाहरु मिलेर नदी सफाई गर्न सुरु


काठमाण्डौ जेठ २६  गते । रातो तारा डट कम,भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटका युवाहरुले भक्तपुर र ललितपुरको सीमाना भएर बग्ने गोदावरी खोलाको सफाई गरेका छन् । नदीमा फोहोर जम्मा भएको र खोलामा पनि परेर आएको बाढीले पुलमा ल्याएर फोहोर थुपारे पछि लकडाउन मै पनि नदी सफाई गरिएको हनुमन्ते सफाइ अभियानमा अभियन्ता एवं बालकोट २ का युवा जयराज पौडेलले जानकारी दिनुभयो । मिलन युवा क्लव बालकोट समेतको समन्वयमा भएको सरसफाई अभियानमा मनोहरा सफाई अभियन्ता चन्द्र दंगाल, द रेयूकाई नेपालका पुष्कर गजुरेल लगायतका अभियन्ताको नेतृत्वमा गोदावरी खोला, ढुङ्ग्रे खोला पुल, दोभान र बालकोट मटार जाने पुलको सफाई गरिएको हो । वागमति, मनोहरा र हनुमन्ते सफाई अभियानसंगै नदी सफा गर्ने अभियानले ल्याएको जनचेतनाका बाबजूत पनि अझै पनि केही व्यक्तिले लुकिछिपी नदीमा फोहोर फाल्ने गरेको पाइन्छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.