Websoft University

असार १७ गतेदेखि आन्तरिक उडान खुल्न सक्ने


काठमाण्डौ जेठ २६  गते । रातो तारा डट कम,सरकारले बन्दाबन्दीको एक सय दिनपछि असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ । हिजो प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको हो । छलफलमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेश राई सहभागि हुनुभएको थियो । पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ । ‘पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने तयारी भएको हो । साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने गरि तयारी भएको छ । प्राधिकरण र व्यवसायीबीच उडान खोल्नेबारे आज बैठक बोलाइएको थियो । सरकारले चैत नौ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ देखि आन्तरिक उडान पनि रोकिएका छन् । सरकारले ६ पटक निर्णय गर्दै उडानलाई जेठ ३२ सम्म रोक लगाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.