Websoft University

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले बैठक बोलायो


काठमाण्डौ जेठ २६ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा संसदमा पेश गरेको संविधान संसोधन प्रस्ताव, काँग्रेसको रणनजीतिका विषयमा छलफल हुनेछ । यसअघि गत १७ गते काँग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । बैठकले संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो । बैठकमा विषेशगरि कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठक पार्टी सभापति शेर बहादुर देउवाले आकस्मिक रुपमा बोलाउनु भएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.