Websoft University

कुवेतबाट दुइ सय ९९ जना नेपाली महिला नेपाल आइपुगे


काठमाण्डौ जेठ २९ गते । रातो तारा डट कम,कुवेतबाट दुइ सय ९९ जना नेपाली महिला नेपाल आइपुगेकाछन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टर अर्थात आराम कक्षमा पु¥याएको छ । होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लगिने छ । 

जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५० जना र दोश्रो उडान नम्बर जे ९१५४३ जहाजमार्फत एक सय ४९ जना आएका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका निर्देशक एवम प्रवक्ता चन्द्रलालल कर्णले सीआइनलाई जानकारी दिनुभयो । 

पहिलो उडान कुवेतको स्थानीय समयअनुसार बिहान चार बजे र दोस्रो उडान ६ बजे गरेको थियो । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जजिरा एयरलाइन्स चार घण्टा ४५ मिनेटपछि त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । आज नेपाल आउनेहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन् । 

उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो । सबै जनाको विमानस्थलमै स्वास्थ्य परीक्षण गरिएको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.