Websoft University

आज कोरोनाका दुइ सय ५० जना सङ्क्रमित थपिए


काठमाण्डौ जेठ २९ गते । रातो तारा डट कम,नेपालमा दुइ सय ५० जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा दुइ सय ५० जनामा कोरोना भाइरस सङ्ंक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । संङ्क्रमण देखिनेमा दुइ सय ३० पुरुष र २० जना महिला रहेका छन् । योसँगै संङ्क्रमितको संख्या चार हजार ६ सय २२ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा एक सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म आठ सय ६१ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.