Websoft University

कोरोना संक्रमित पुष्टी भएका चारै जना भारत बाट आएकाृे खुलेको छ


श्याम राई-गाईघाट २९ जेष्ठ । रातो तारा डट कम,उदयपुरमा वुधवार एकै दिन कोरोना संक्रमित पुष्टी भएका चारै जना भारत बाट आएकाृे खुलेको छ । भारतमा रेल सुचारु भए संगै उनिहरु नेपाल आएका थिए । 

संक्रमीतहरु त्रियुगा, कटारी नगरपालीका र उदयपुर गढी गाउपालीका का बासीन्दा हुन । त्रियुगा नगरपालीका १० बोक्सेका एकै परिवारका दिदि र भाई भारत बाट आए लगतै त्रियुगाा बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टीनमा बसेका थिए । २४ बर्षिया दिदि र १९ वर्षिय भाई को वुधबार संक्रमीत पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी ले वताए । 

उनीहरु एक साता अघि मात्र दिल्ली बाट सुनौली भैरवा हुदै नेपाल आएका थिए । त्रियुगा नगरपालीका १० वोक्से निवासी भएकाले उनीहरु लाई नगरपालीका ले गाडी पठाएर ल्याएको थियो । त्यसै गरी कटारी नगरपालीका का २६ वर्षिय कोरोना संक्रमीत पुरुष कटारी को वेलसोत स्थीत नेपाली सेनाको सार्दुल गण को क्वारेन्टीनमा वसेका थिए । 

उनी  भारत बाट काक्डाभिट्टा नाका हुदै नेपाल आएको थिए । उनलाई कटारी नगरपालीका ले उद्धार गरी ल्याएको थियो । त्यसैगरी उदयपुरगढी ५ का २५ वर्षिय संक्रमित युवा समेत १० दिन अघि नेपाल आएका थिए । 

भारतको दार्जिलिङग बाट आए लगतै उनी उदयपुरगढी को क्वारेन्टीनमा वसेको गाउपालीका का प्रशासकिय अधिकृत माधव सुवेदी ले बताए । उदयपुरमा कोरोना संक्रमीत को संख्या ४० पुगेको छ ।भने ३२ जना कोरोना अस्पताल मा उपचार पछि डिस्चार्ज भैसकेको प्रमुख सुवेदी ले वताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.