Websoft University

बेलबारीको बजेट बारे छफलल तिब्र


मोरङ बेलबारी । रातो तारा डट कम,बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफललाई तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने कामलाई नगरपालिकाले तिब्र बनाइरहेको छ । 

राजनैतिक दल, नीजिक्षेत्र, विज्ञहरुसंगँ बजेटबारे सुझाव लिने काम भईरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । 

दलका नेता तथा पदाधिकारीसँग भेटरै र निजी क्षेत्र, विज्ञहरुसँग भटेर तथा छलफल कार्यक्रमनै राखेर आगामि आर्थीक बर्षका लागि ल्याउन लागिएको निति तथा कार्यक्रममा छलफल गरीएको नगर प्रमुख सुवेदीले बताए  । 
  
नगरपालिकाले बिहिबार सर्वपक्षिय भेलाको आयोजनानै गरेर बजेटको बिषयमा छलफल गरेको छ । बेलबारीका संघ सस्था तथा राजनैतिक दलहरुलाई सहभागि गराएर आर्थीक बर्ष ०७७÷०७८को  निति तथा कार्यक्रमका लागि सुझाव मागेका थिए । 

सहभागिहरुले सुझाब दिदै अहिले सम्म बेलबारीले गरेका कामको प्रशंसा गर्दै आगामि बजेटलाई कृषि तथा स्वास्थ्यमा प्राथमिक्ता दिन माग गरेका छन । 

छलफललाई अझ तिब्र बनाएर सुझाव संकलन गरी निति तथा कार्यक्रम ल्याइने नगर प्रमुख सुवेदीले बताए । असार १० गते बेलबारीले निति तथा कार्यक्रम ल्याउने बुझिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.