Websoft University

अनलाईन मिडिया समूह प्रेसको, बिज्ञप्ति


विराटनगर जेठ २० गते । रातो तारा डट कम,कोरोना भाइरसको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देशको बारेमा गरिएको गलत प्रचारबाजीको अनलाईन मिडिया समूह मोरङले विरोध जनाएको छ ।

फाइल तस्वीर
समूहका अध्यक्ष तेजेन्द्र भण्डारी र सचिब पुष्पराज थपलियाले आज जारी गरेको संयुक्त विज्ञप्तिमा प्रदेश सरकारले कोरोना सचेतना सन्देश फैलाएवापत दिएको रकम जायज भएको दावीसहित थप सहूलियत माग गरिएको छ ।

कोरोना भाइरसबाट जोगिने उपायबारेको सन्देश प्रकाशन र प्रशारण गर्नेगरी १ नं। प्रदेश सरकारले नेपाल पत्रकार महासंघ १ नं। प्रदेश समितिमार्फत रकम उपलब्ध गराएको छ । उक्त रकम प्रदेशका ११६ सञ्चार माध्यमलाई वितरण गरिसकिएको पत्रकार महासंघले जनाएको छ । रकम वितरणको लागि मापदण्ड बनाएर महासंघले सबै सञ्चार माध्यमको खातामा रकम जम्मा गरिदिएको सार्वजनिक गरिसकेको छ ।

प्रदेश सरकारले स्वरोजगारमुलक मिडियालाई थोरै भएपनि राहत पुग्नेगरी लोककल्याणकारी ९कोरोना सचेतना सन्देश० उपलब्ध गराएकोमा नेपाली काँग्रेसका प्रदेशसभा सचेतक केदार कार्की र अन्य कतिपयले भ्रमपूर्ण प्रचार गरेको भन्दै अनलाईन मिडिया समूहले आपत्ती जनाएको छ । लकडाउनको समयमा सबैभन्दा प्रभाबकारी माध्यम बनेको अनलाईनसहित रेडियो र टिभीकै कारण आज धेरै नागरिक कोरोनाबारे सचेत भएको दावी गर्दै विज्ञप्तिमा त्यही तथ्य बुझेर नै प्रदेश सरकारले पनि प्रदेशका सञ्चार माध्यमलाई कोरोना सन्देश दिएको दावी गरिएको छ ।

जोखिमको अवस्थामा सरकारले उद्योगी व्यापारीदेखि नागरिकसम्मलाई सरकारले राहतको प्याकेज दिएको बेला प्रदेशका पत्रकार आफैंले दुःखकष्ट गरी सञ्चालन गरेका सञ्चारमाध्यमले राहतकै रुपमा विज्ञापन पाउँदा त्यसको गलत प्रचारबाजीमा उत्रिएको भन्दै समूहले काँग्रेसका सांसद कार्कीले दिएको अभिव्यक्रिबारे आफ्नो धारणा सार्वजनिक गर्न काँग्रेसलाई आग्रहसमेत गरेको छ । यसैगरी समूहले मिडियामाथि गालीगलौज गरेको भन्दै सांसद कार्कीलाई आफ्नो सांसद कोषको रकमको खर्च पारदर्शी रुपमा सार्वजनिक गर्नसमेत चुनौति दिएको छ ।

समूहले संकटको बेलामा जोखिम बहन गर्दै आफ्नो भूमिका निर्वाह गर्ने सञ्चारककर्मी र सञ्चार माध्यमको मनोबल गिराउने हर्कत बन्द गर्न चेतावनी दिँदै आगामी बजेटमार्फ प्रदेशका सबै मिडियालाई राहतको प्याकेज घोषणा गर्न पनि समूहले सरकारसँग माग गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.