Websoft University

सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्या–२४ घण्टामा २ सय ८८ जनामा सङ्क्रमण भएको पुष्टि


काठमाण्डौ जेठ १९ गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित जानकारीमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप आज थप २८८ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । यससंगै नेपालमा २ हजार ९९ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

६१ जिल्लामा सङ्क्रमण फैलिएको डा. देबकोटाले जानकारी दिनुभयो । देशभर २१ ओटा स्थानबाट कोरोनाको जाँच भइरहेको पनि उहाँले जानकारी दिनुभयो । देशभर जाँचको दायरा पनि बढाइएको र कोरोनाका सङ्क्रमित अझै बढ्न सक्ने तर्फ सचेत गराउँदै डा. देबकोटाले सचेत रहन सबैलाइ अनुरोध गर्नुभयो । 

संङ्क्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, पर्वतका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् । 

त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनामा सङ्क्रमण देखिएको हो । 

त्यसैगरी काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । भारतबाट व्यक्तिहरु आउने क्रम नरोकिएकाले सङ्क्रमितको दर  अझै पनि बढ्न सक्ने डा. देबकोटाको भनाइ छ ।  आज सम्म देशभर १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टायनमा रहेका छन् । उनीहरु सबै जसो भारतबाट आएका पनि डा. देबकोटाले जानकारी दिनुभयो ।

 पछिल्लो पटक ४५ जना डिस्चार्ज भएका छन् । आज सम्म २ सय ६६ जना स्वस्थ भएर घर फर्किएका छन् ।  नेपालमा हाल सम्म दु्रत विधिबाट १ लाख १६ हजार ३४५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७५ हजार ३ सय ४३ परीक्षणहरु गरिएका छन् । यो समयमा गर्भवतीहरुलाइ दिने सेवामा कमि हुन नदिन पनि सम्बन्धित अस्पतालहरुलाइ डा. देबकोटाले आग्रह गर्नुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.