Websoft University

धादिङमा लकडाउन फितलो, प्रशासन मौन



काठमाण्डौ जेठ २१ गते । रातो तारा डट कम,लकडाउनलाई सफल बनाउन सरकारले ७ औ पटक लकडाउनको समय थप गरी जेठ ३२ गते सम्म पु¥याएको छ । तर धादिङबेसीमा भने लकडाउनलाई उल्लङघन गरी सबै पसल तथा वित्तिय संघ संस्थाहरु खुलेको छ भने मानिसहरुको भीड भाडहरु बढिरहेको छ । 

पछिल्लो समयमा धादिङबेसीमा मानिसहरुको भीड बढेपछि स्थानीहरु कोरोना भाइरसको संक्रमण हुने हो की भनी त्रसित भएका छन् । लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने सम्बन्धीत निकायहरुले नै लकडाउन फितलो हुने निर्णय गरिदिएपछि धादिङवेशीमा लकडाउन फितलो भएको हो ।

अहिले धादिङबेसीमा पहिले जस्तै मानिसहरुको भीड बढेको छ । मानिसहरुको भीड बढेसंगै अहिले जिल्ला प्रशासन कार्यालय धादिङ, उद्योग बाणिज्य संघ धादिङ र चेम्वर अफ कमर्श धादिङ मौन रहेको छ । लकडाउनलाई थप कडाई बनाउने जिल्ला प्रशासन कार्यालय धादिङ, उद्योग बाणिज्य संघ धादिङ र चेम्वर अफ कमर्श धादिङको संयुक्त वैठकले अति–आवश्यकिय बस्तुहरुको विक्रीवितरणको लागि विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकेर पसल खुल्ला निर्णय गरेको थियो । 

तर यो निर्णय उल्लङ्घन भएको छ । स्थानीय प्रशासन र उद्योग बाणिज्य संघले अतिआवस्यक पसलहरु मात्रै चलाउन पाउने भनेपनि स्थानीय प्रशासनले ठुला ब्यापारीहरुलाइ मनलाग्दी गर्न छुट दिएको र साना ब्यापारीहरु सधै पसल बन्द गरेर बस्न बाध्य भएको भन्दै सवैखाले ब्यवसाय चलाउन थालेको व्यापारीहरुको भनाई छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.