Websoft University

लकडाउन खुकुलो बनाउने सरकारको तयारी हुदै,


काठमाण्डौ जेठ २१ गते । रातो तारा डट कम,सरकारले लकडाउन खुकुलो बनाउने कोरोनासँगै जनजीवन सहज बनाएर अघि बढने रणनीति बनाएको छ । हिजो लामो छलफल गरेपनि निर्णय गर्न भने सकेको छैन ।

सरकारद्वारा गठित कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको १२ साता लामो रणनीतिक योजनामा १० औं हप्ताको समीक्षापछि बन्दाबन्दी पूर्ण रुपमा खुला गर्ने उल्लेख छ । पूर्वअनुमान भन्दा संक्रमणको दर बढेको भन्दै सरकार १२ साता लामो यस्तो रणनीति कार्यान्वयनमा जुटेको हो ।

निजी क्षेत्रबाट लिखित सुझाव आएपछि लकडाउनको नयाँ ढाँचा तय गर्ने छ । बन्दाबन्दी खोलिनेमा पहिलो प्राथमिकतामा कृषिलाई राखिएको छ भने अन्तिममा मनोरञ्जन, खेलकुद र विद्यालय खोलिनेछ । १२ हप्तामा बन्दाबन्दी पूर्ण रुपमा खोलेर देशलाई संक्रमणबाट अति न्यून जोखिम देश बनाउने तयारी भइरहेको छ ।

निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनमात्रै समस्या समाधानको अस्त्र नभएको भन्दै विकल्पबारे सोच्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.