Websoft University

खुकुरी प्रहारबाट १ को मृत्यु १ घाईते


खोटाङ, जेष्ठ २५ गते । रातो तारा डट कम,खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ बर्षीय शुभराज राईले सोही स्थान बस्ने ६५ बर्षीय डिल्लीराज राई र निजकै श्रीमती ६२ बर्षीया सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घाईते अवस्थामा फेला पारेको थियो । घाईते दुबै जनालाई उपचारको लागी हेलिकोप्टर द्धारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएकोछ भने खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.