Websoft University

निर्माण पुरा नगर्ने ठेेेदारलाई ८५ लाख जरिवाना


गाईघाट ३० जेष्ठ । रातो तारा डट कम,निर्धारीत समय सकीएको झन्डै ६ वर्ष भैसक्दा पनि निर्माण पुरा नगर्ने पुल निर्माणमा संलग्न एक ठेकेदार कम्पनी लाई गाईघाट दिक्तेल सडक योजना कार्यालय ले ८५ लाख रुपैया जरिवाना गरेको छ । 

उदयपुरको चौदण्डी नगरपालीका ५ सिवाई र वेलही गाउ जोड्ने त्रियुगा नदीमा निर्माण भैरहेको पँक्की पुल निर्माण को ठेक्का लिने महालक्ष्मी लोकप्रिय जेभि लाई दिनु पर्ने भुक्तानी बाट उक्त रकम जरिवाना वापत  कट्टा गरिएको आयोजना का साइट इन्जीनियर प्रदिप चौधरी ले वताए । (निर्धारीत समय सकीएर  पटक , पटक म्याद थप गरीदा समेत निर्माण को काम पुरा नभए पछि उक्त निर्माण कम्पनी लाई जरीवाना गरेका हौ) । 

उनले भने । (२०७५ जेष्ठ बाट हामीले उक्त कम्पनी लाई दिनु पर्ने रकम बाट जरीवाना बापत कट्टा गर्दै आएका छौ )। उनलेभने । निर्धारीत समय भन्दा पुल निर्माणको काम ६ वर्ष ढिला भएको उनले वताए ।( त्यसैले हामीले कानुन बमोजिम निर्माण कम्पनी लाई जरीवाना गरेका हौ )। उनले भने । २०६७ ⁄०६८ मा पुलको ठेक्का लागेकोमा निर्माण कार्य २०७०⁄७१ मा सक्नु पर्ने ठेक्का संम्झौतामा उल्लेख छ । 

तर ठेकेदार कम्पनी ले विभिन्न बहाना गरेर निर्धारीत समयमा काम सम्पन्न गर्न नसेकेको आयोजना कार्यालय ले जनाएको छ । पुल निर्माण को काम शुरु भएको ६ महिना मै पुल को डिजाईन परिवर्तन गरिएकोले काम मा ढिलाई भएको निर्माण कम्पनी ले जनाएको छ ।( पुरानो डिजाइन परिर्वतन गरेर नया डिजाइन अनुरुप काम गर्नु परेकोले पुल निर्माण ले गती लिन नसकेको ठेकेदार कम्पनिका साइड इन्चार्ज केदार तिमिल्सीना ले बताए ।

 (तिन वटा पिल्लर निर्माण गर्ने ठाउमा ठुला, ठुला सालका ठुटा  भेटिए पछि काममा अबरोध भएर पुरानो  डिजाइन परिबर्तन गरिदा निर्माण को काम झन्डै सात महिना रोकिएको हो) । उनले भने । नया डिजाईन अनुसार काम शुरु गर्दा झन्डै २ बर्ष ढिलाई भयो । २ सय ८० मिटर लम्बाइएको पुलको  चौडाई ५० मिटर को रहेको छ । 

भने ११ बटा स्पान मध्ये अहिले सम्म ९ वोटा मात्र बनी सकेको योजना कार्यालय ले जनाएको छ । पुलका्े लागत ९ करोड ९५ लाख रुपैया रहेको छ। पुल निर्माण मा संलग्न ठेकेदार कम्पनीले लागत को झन्डै ८४ प्रतिशत रकम भुत्तानी पाईसकेको छ । पटक, पटक म्याद थप गर्दै कछुवा गतीमा पुल निर्माण को काम भैरहेको मा  चालु आर्थीक वर्षमा ठेकेदारले एउटा पिलर समेत बताउन सकेको छैन । 

ठेकेदार कम््पनीले निर्माण को काम २०७६ चैत २० गते सक्नु पर्ने अन्तीम म्याद थियो । तर उक्त अवधिमा पनि पुल निर्माण को काम नसकीए पछि चालु आर्थिक वर्ष सम्मको लागी पुःन म्याद थप गरिएको योजना कार्यालय ले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.