Websoft University

प्रेस विज्ञप्तीरोशन श्रेष्ठले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का सदस्यहरुलाई सुक्रबार मास्क र सेनिटाईजर सहयोग गर्नु भयो


काठमाडौ जेठ ३० गते । रातो तारा डट कम,कोरोना भाईरस (कोभिड–१९) महामारी विरुद्ध लड्नका लागि नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का सदस्यहरुलाई सुक्रबार मास्क र सेनिटाईजर सहयोग गर्नु भएको छ ।

संघका सदस्य श्रेष्ठले मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) लाई एक सय थान केएन–९५ मास्क र एक सय थान सेनिटाईजर हस्तान्तरण गर्नुभएको थियो । श्रेष्ठले पुल्चोक इन्जिनियरिङ कलेज अल्मुनाई एसोसिएसन र दावाली मिलन क्लबको तर्फबाट उक्त सामग्री सहयोग गरेको बताउनु भयो ।

‘कोरोनाविरुद्धको युद्ध सामुहिक भावनाले मात्र जित्न
सकिन्छ । फ्रन्ट लाईनमा रहेर अहोरात्र खटिने पत्रकारलाई सुरक्षाको लागि सानो सहयोग गरेका हौं,’ श्रेष्ठले भने । मञ्चका अध्यक्ष सुवेदीले महामारीकोबीच काममा निरन्तर लागिरहने पत्रकार साथीहरुको लागि प्राप्त सहयोग प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

श्रेष्ठको पहलमा यसअघि पनि नेपाल चिकित्सक संघलाई पनि एक हजार थान केएन–९५ मास्क सहयोग गरिएको थियो ।
प्रज्वल ओली
महासचिव 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.