Websoft University

सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड हुँदा एक जनाको मृत्यु - बोर्डर क्रस गर्न खोज्ने लाई देख्तै गोलि ठोक्नु पर्छ

सर्लाही जेठ ३०गते । रातो तारा डट कम, सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड हुँदा एक जनाको मृत्यु भएको छ ।
झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत रुपमा नेपाल छिर्न खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको बताए ।
‘अनाधिकृत रुपमा प्रवेश गर्नेलाई सुरक्षाकर्मीले रोक्ने नै भए, त्यस क्रममा सुरक्षाकर्मीलाई हातपात गरेर हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको हो’ प्रमुख जिल्ला अधिकारी जिसीले भने ।
उनले भारतीय नागरिकले खोसेको हतियार पछि सुरक्षाकर्मीले फिर्ता लिन सफल भएको बताए । झडपमा तीनजना भारतीय नागरिकलाई गोली लागेको र उनीहरु मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताए ।
सुरक्षामा खटिएका तीनजना शसस्त्र प्रहरीलाई पनि चोटपटक लागेको उनले बताए । सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले नाकामा फायरिंग भएको र आफूले विवरण बुझ्ने काम गरिरहेको बताए ।
यसअघि झापा बारा लगायतका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा  भारतीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.