Websoft University

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिबीच भिडियो कन्फरेन्स सम्मपन्न


काठमाडौं असार ५ गते । रातो तारा डट कम, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधि र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिबीच भिडियो कन्फरेन्स सम्मपन्न भएको छ । 

शुक्रबार करिब दुई घण्टासम्म चलेको कन्फरेन्स नेपाल एक चीन नीतिमा स्पष्ट भएको भन्दै सम्पन्न गरिएको हो । कन्फ्रेन्समा नेपालको तर्फबाट नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा स्कुल विभाग प्रमुख एवं उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख बेदुराम भुसाल र केन्द्रीय सदस्य विशाल भट्टराई लगायतका नेताहरुको सहभागिता रहेको थियो भने चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र तिब्बत विभाग सचिव यु याङ लगायतको सहभागिता रहेको थियो ।

कन्फरेन्समा सहभागि भुसालले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शुभकामना आदान प्रदान गर्न कन्फरेन्सको आयोजना भएको बताए । कन्फरेन्समा चीनले तिब्बतमा गरेको विकासको मोडल, दुई देशको सम्बन्ध र चिनियाँ र नेपाली दुई कम्युनिष्ट पार्टीको सम्बन्ध कसरी सुमधुर बनाउ सकिन्छ भन्ने विषयमा छलफल भएको उनकोभनाइछ ।

‘चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको ९९ औँ वर्ष र नेपाल चीनबीच मैत्रीपूर्ण सम्बन्ध स्थापाना भएको ६५ औँ वर्ष पूरा भएको अवसरमा शुभकामना आदान प्रदान गर्न दुई कम्युनिष्ट पार्टीबीच आयोजना गरिएको कार्यक्रम हो’–उनले केन्द्रबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै भने–‘भिडियो कन्फरेन्समा नेपाली पक्षबाट प्रचण्ड र मन्त्री पोखरेलले बाल्नु भयो । भने चिनियाँ पक्षबाट चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख र चीनको स्वसाशित क्षेत्र तिब्बतका पार्टी प्रमुख बोल्नु भयो ।’

भुसालका अनुसार कार्यक्रममा तिब्बतमा पछिल्लो समय अपनाइएको विकासको मोडलका बारेमा भिडियो फुटेज हेरी छलफल गरिएको थियो । कन्फरेन्समा नेपाली पक्षबाट केही प्रश्न सोध्ने र चिनियाँ पक्षले जवाफ दिएको भुसाले बताए ।

त्यस्तै कन्फरेन्समा बोल्दै प्रचण्डले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताएका थिए । नेकपा केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार अध्यक्ष दाहाल र मन्त्री पोखरेलले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पारेका थिए । साथै दुई देशबीचको सम्बन्ध सुमधुर बनाउँदै अहिलेको चुनौतीको सामना गर्न दुई पार्टीबीचको सम्बन्ध पनि मजवुद हुनुपर्नेमा दुबै पक्षले जोड दिएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.