Websoft University

सांसद विकास कोषको बाँकी रकम कोरोना कोषमा राख्ने सरकारको निर्णय


काठमाण्डौ असार ६ गते । रातो तारा डट कम,सांसदहरूले संचालन गर्ने पूर्वाधार साँझेदारी कार्यक्रम सांसद विकास कोषको चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम कोरोना कोषमा राख्ने निर्णय सरकारले गरेको छ । 
मन्त्रिपरिषद्को असार २ गतेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि छुट्याइएको उक्त कार्यक्रमको खर्च हुन बाँकी रकम सम्बन्धित निर्वाचन क्षेत्रका स्थानीय तहमा गठित कोरोना नियन्त्रण कोषमा राख्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रिपरषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सांसदले संचालन गर्ने रकम कोरोना कोषमा राख्नुपर्ने जनमत आएकाले यस्तो निर्णय लिइएको बताउनुभयो । जनमत पनि आएको र छलफल पनि भएको विषय हुनाले संघीय मामिला मन्त्रालयको प्रस्तावमा निर्णय भएको हो । 
उक्त रकम असार १५ सम्म कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । 

चालु आर्थिक वर्षमा प्रति सांसदले ६ करोड प्राप्त गरेका थिए । आगामी आर्थिक वर्षका लागि भने प्रत्येक निर्वाचित सांसदलाई ४ करोडका दरले ६ अर्ब रकम विनियोजन गरिएको छ । यस्तै, सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. राजन खनाललाई नियुक्त गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रेका डा. खनाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको छ । सरकारले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तथा कार्यकुशलता अभिवृद्धि गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएबाट बजेटरी सहयोगका रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गरेको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.