Websoft University

भैरव माध्यामिक विद्यालयले बिद्यार्थीलाई खुल्ला चौरमा राखेर पठन पाठन गराउन सूरु


काठमाण्डौ असार ६ गते । रातो तारा डट कम,पाल्पाको रैनादेवी छहरामा रहेको भैरव माध्यामिक विद्यालयले बिद्यार्थीलाई खुल्ला चौरमा राखेर पठन पाठन गराउन सूरु गरेको छ । लामो समय बिद्यालय जान नपाएर अन्यौलमा परेका बिद्यार्थीहरु पढ्न पाउदा भने खुशि भएका छन् ।

पाल्पाको  रैनादेवी छहराको भैरव माध्यामिक विद्यालयले दुरी कायम गर्दै बिद्यार्थीहरुलाई सार्बजनिक भवन र खुल्ला चौरमा राखेर पढाउन सुरु गरेको छ । कोरोना माहामारीले झन्डै तिन महिना स्कुल जान नपाएका बिद्यार्थीहरु पढ्न पाएपछि खुसी भएकाछन् । 

सरकारले लकडाउनका बेला  अनलाइन, टेलिभिजन र रेडियो बाट पढाउन थाले पनि दुरदराजका बिद्यार्थीहरुका लागि यो शिक्षा त्यति प्रभाबकारी नभएको भन्दै विद्यालयले बरु फराकिलो चौर र सभाहलमा नै राखेर पढाउन थालेको भैरव नवदपि छहराका प्रध्यानाध्यापक झलक बहादुर रायमाझी ले जानकारी दिनुभयो । नयाँ शैक्षिक सत्रको सुरुवात संगै  दुरि कायम गरि पठनपाठन गर्ने, गृहकार्य दिने शिक्षक र बिद्यार्थीहरु लाइ पाएक पर्ने स्थानमा साताको तिन  दिन पालैपालो गएर पढाउने काम विद्यालयले सुरु गरेको शिक्षक दामोदर घिमिरेले जानकारी दिनुभयो ।  

गाउँपालिका शिक्षा शाखा प्रमुख निशा पान्डेले गाउँपालिका भित्र रहेका सबै बिद्यालय संग सल्लाह गरेर टोल, टोलमा शिक्षक पठाइ बिषयगत जानकारी संगै दुरि कायम गर्दै पठनपाठन गर्ने तयारी गरेको जानकारी दिनुभयो । गाउँपालिकाको भगवति आधारभुत बिद्यालयले केही समय अगाडी बाट यस्तो खालको शिक्षा दिन सुरु गरेको थियो भने भैरव माविले पनि दुरी कायम गर्दै विद्यार्थीलाइ पढाउन सुरु गरेको छ  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.