Websoft University

प्रदेश १ बाट एकै दिन ७० जनाले कोरोना जिते


विराटनगर , ११ असार । रातो तारा डट कम, प्रदेश १ बाट आज ७० जना संङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका हुन । आज डिस्चार्ज हुने जेठ २५ देखि ३० गते सम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र संकायका डिन डा.शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञानबहादुर वस्नेत लगायतले विदाई गर्नुभयोे ।

आज ७० डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । प्रदेश १ मा आज ७ जना संक्रमित थपिएका छन् । मोरंगमा १, सुनसरीमा २ र झापामा ४ रहेका छन् ।
प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.