Websoft University

उद्योग संगठन मोरंगले स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न


बिराटनगर असार ११ गते । रातो तारा डट कम, विहीवार प्रदेश प्रहरी कार्यालय प्रदेश नं. १ मा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्ष्ँक तथा जिल्ला प्रहरी कार्यालय मोरंगमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षकका साथ उद्योग संगठन मोरंगले स्वागत तथा परिचयात्मक कार्यक्रम संगठनको सचिवालयमा आयोजना गरेको छ ।  

भेटघाट तथा स्वागत कार्यक्रममा उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योग÷व्यवसायको सम्बद्र्धनका लागि प्रदेश र स्थानिय प्रहरी प्रशासनसंग संगठनले समन्वय गर्दै आएको बताउनु भयो । 

उहा“ले नीजि क्षेत्र र प्रहरी प्रशासनको सुमधुर सम्बन्धले शान्ति सुरक्षा लगायत औद्योगिक शान्ति कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष घिमिरेले यस क्ष्ँेत्रको औद्योगिक वातावरणसंग प्रदेश प्रहरी प्रमुख र प्रहरी उपरिक्ष्ँक परिचित हुनु भएकाले औद्योगिक समस्या समाधानमा दुवै पक्ष्ँको सहयोग र समन्वयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आगामी दिनमा सहकार्य थप मजवुत हुने विश्वास व्यक्त गर्नुृ भयो ।  

भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले प्रदेशको शान्ति सुरक्ष्ाँ कायम गर्न आफु सदैव तत्पर रहेको वताउदै उद्योग÷व्यवसाय क्ष्ँेत्रका साथै प्रदेशको शान्ति सुरक्ष्ाँमा आफु सधै चिन्तित रहेको हुदा यस क्षेत्रको शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग रहने विश्वास व्यक्त गर्नु भयो । 

मोरंगका प्रहरी उपरिक्ष्ँक सन्तोष खड्काले शान्ति सुरक्षाका सवालमा आफु स्पष्ट रहनुका साथै  निस्वार्थ भावले सबैलाई सेवा उपलब्ध गराउदै व्यापार व्यवसाय निर्वाध रुपमा संचालन हुने वातावरण तयार गर्न आफु कटिवद्ध रहेको वताउनु भयो । 

संगठनका निवर्तमान पूर्व अध्यक्ष्ँ सुशिल धनावतले स्थानीय प्रशासन सफल भए जनता समेत सफल हुने कुरामा जोड दिदै स्थानीय प्रशासनको सहयोगले मात्र स्थानीय विकासमा सहयोग पुग्ने वताउनु भयो । पूर्व अध्यक्ष्ँ धनावतले स्थानीय शान्ति सुरक्ष्ाँ कायम गर्न संगठनले विगत देखि नै सबैसंग समन्वयकारी भूमिका निर्वाह गरेको स्मरण गर्नु भयो । 

कार्यक्रममा उद्योग संगठन मोरंगका उपाध्यक्ष्ँ प्रदीप मुरारका, राकेश सुराना, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुवोध कोईराला, सुरेन्द्र गोल्छा, विपिन कावरा, सुनिल धनावत, ईन्द्र खत्री, पारस लुनिया, अध्यक्ष्ँीय सल्लाहकार समितिका सदस्य श्याम पौडयाल लगायतको उपस्थिती रहेको थियो । 

२०७७ असार ११ गते, विहीवार
विराटनगर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.