Websoft University

डिथ्रीको पहलमा दोश्रो पटक होप धरानले गर्‍यो ईटहरीका १४ परिवारलाई खाद्यन्न बितरण


ईटहरी। रातो तारा डट कम, विश्व महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) को प्रभाव यतिबेला नेपालमा पनि निकै देखिन थालेको छ । २ हजार बढी संक्रमीत प्रमाणित भैसकेका छन भने ९ जनाले कोरोनाको कारण ज्यान गुमाईसकेका छन । यता महिनौ देखी लकडाउनका कारण घरभित्रै बस्न बाध्य भएका निम्न वर्गका नेपालिहरुमा भोकमरीको अवस्था सिर्जना हुने देखिएको छ ।

यस्तैमा निभेको चुलोमा आगो बाल्ने प्रयास स्वरुप मनोरञ्जन बिधामा मात्रै ईटहरीबाट संचालित एकमात्र अनलाइन डिथ्री अनलाइनको पहलमा दोश्रो चरणको राहत बितरण कार्य सम्पन्न भएको छ । ईटहरी १६ बालग्रामको हर्दिया टोलमा रहेका १४ बिपन्न तथा ज्यालामजदुरी गर्ने परिवारलाई खाद्यन्न सहयोग गरेको हो । सामाजिक कार्यमा सधै अगाडि रहेको धरानमा अवस्थित 'होप धरान'ले डिथ्रीको पहलमा १० दिनसम्म पुग्ने खाद्यन्न बितरण गरेको हो ।

होप धरानको ईटहरी संयोजक अञ्जना थापाको सम्योजकत्वमा खाद्यन्न संकलन भएको थियो भने सो खाद्यन्न संकलनका लागि युएसए निवासी नेपाली नारायण थापाले आर्थिक सहयोग गरेका थिए । सहयोग बितरणमा डिथ्री अनलाईनका प्रबन्ध निर्देशक सुवास श्रेष्ठ संकल्प, सिईओ सुस्मिता श्रेष्ठ, होप धरानका अध्यक्ष निस्चल पालिखे, उपाध्यक्ष राकेश खड्की, सदस्यहरु चेली तामाङ, अनुप खतिवडा, रेश्मा ताम्राकार, ईटहरी संयोजक अञ्जना थापा संगै प्रभा अधिकारी र जेरि शर्माको उपस्थिति रहेको थियो । यस्तै यहि समुहले डिथ्रीकै पहलमा ईटहरीको २ अपाङ्ग परिवारलाई पनि विशेष राहत बितरण गर्ने तयारी गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.