Websoft University

तातोपानी भन्सारबाट १८ करोड ३१ लाख राजस्व असुली


काठमाण्डौ जेठ २२  गते । रातो तारा डट कम,कोरोना भाइरस(कोभिड–१९)संक्रमण रोकथाम र उपचारका लागि प्रयोग हुने निजी क्षेत्रले ल्याएका स्वास्थ्य सामाग्रीको आयातसँगै राजस्व संकलनमा पनि सकरात्मक प्रभाव देखिएको छ ।

भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार अस्ती सम्ममा चालू वर्षको राजस्व १ अर्ब २७ करोड २६ लाख संकलन भएको छ । फागुन सम्ममा १ अर्ब ८ करोड ९५ लाख राजस्व संकलन भएको थियो । कोभिड–१९ को संक्रमणका कारण लकडाउनपछि अर्थात गत चैत २६ गते देखि अहिलेसम्म १८ करोड ३१ लाख राजस्व असुली भएको छ । 

जेठमा मात्र १२ करोड ७५ लाख राजस्व संकलन भएको छ । सरकारले स्वास्थ्य सामाग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ । २६ चैतदेखि पुनः सञ्चालनमा ल्याइएको नाकाबाट सबैभन्दा बढी कोभिड(१९रोकथाम र परीक्षण सँग सम्बन्धित सामग्री आयात भएको छ । 

लकडाउनबीच पनि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट १ अर्ब ७८ करोड २५ लाख २७ हजार रूपैयाँको सामान भित्रिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख  खत्रीले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको बताउनुभयो । भन्सार कार्यालयका अनुसार २६ चैतदेखि १ अर्ब ६२ करोड १२ लाख रूपैयाँको स्वास्थ सामग्री आयात भएको छ 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.