Websoft University

जनता आवास कार्यक्रम ः मोरङको कटहरीमा १५ घर निर्माण हुने


विराटनगर, २१ जेठ । रातो तारा डट कम, मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण गरिने भएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १५ लाख रुपैयाँ र जीवन विकास संस्थासँगको सहकार्यमा घर निर्माण गर्न लागिएको हो । कटहरी २ को कदमगाछीमा निर्माण गरिने घरको आज सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत उपाध्यक्ष मञ्जिता सरदार लगायतको उपस्थिति रहेको थियो । घर निर्माणको शिलान्यास गर्दै मन्त्री घिमिरेले घर निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने बताउनु
भयो ।

चालु आर्थिक वर्षबाट शुरु भएको कामले निरन्तरता पाउनुपर्ने उहाँले बताउनुभयो । १५ वटा घर चालु आर्थिक वर्षभित्रमा सकिने लक्ष्य राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.