Websoft University

थप २ सय १ जनामा आज कोभिड १९,भाइरसको संक्रमण पाइयो


काठमाण्डौ जेठ २१ गते । रातो तारा डट कम,आज एकैदिन थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो पटक २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । देशका विभिन्न स्थानका प्रयोगशालामा पछिल्लो पटक यी संक्रमित थप भएका हुन् ।

उहाँका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ  । थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १ ÷ १ जना, ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २ ÷२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् । 

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना रहेका छन् । यस्तै नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

 यस्तै मुलकभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५५ हजार ८६८ रहेको छ । हालसम्म निको भएर घर फर्केनहरुको संख्या २ सय ७८ पुगेको छ । मन्त्रालयका अनुसार आजसम्म नेपालमा दु्रत विधिबाट १ लाख २० हजार ३ सय ७९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८० हजार २ सय ६७ परीक्षणहरु गरिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.