Websoft University

जबरजस्ती गर्न खोज्ने युवा पक्राउ परे


श्याम  राई- गाईघाट जेष्ठ  २१ गते । रातो तारा डट कम,१२ वर्षिया बालिका वलात्कार गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले मंगलबार एक किशोरलाई पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालीका क्षेत्रका ति बालीका को स्वास्थ्यमा समस्या आएपछि गत आइतवार स्वास्थ्य जाचको लागी अभिभाबक ले कटारी अस्पताल लगेका थिए । 

स्वास्थ्य जाचको रिपोर्टमा ति वालिकाको पेटमा आठ अप्ताको गर्भ रहेको देखीए पछी परिवारले उनलाई गर्भ वारे सोधपुछ गरेको थिए । बालिका ले घटनाको सबै यथार्थ जानकारी गराए पछि प्रहरी को सहयोगमा १७ वर्षिय ति किशोर लाई पका्रउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

कटारी अस्पताल का निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेण्ट मुखलेस माधवी ले बालिका को पेटमा आठ हप्ता को गर्भ रहेको पुष्टी गरे । (हामिले चार पटक सम्म  पिसाब बाट परिक्षण गरिने युरिन प्रिभिन्टी टेष्ट (युपिड) गर्दा पोजेटीभ रिपोर्ट देखियो ।) उनले भने ।

 (पहिलो पटक को परिक्षण बाट पोजेटिभ देखियो। बालिका सानै उमेरकी भएकाले केहि समय दोसा्रे पटक पनि युपिड नै गर्यौ। फेरी पनी पोजेटिभ नै देखियो।) डाक््टर माधवीले
भने । चार पटक सम्म पिसाब जाच गरेर अन्तिममा अल्टा«साउण्ड गरेर हेर्दा आठ हप्ता को गर्भ रहेको पुष्टी भएको उनले बताए ।

पीडित बालिका लाई अहिले स्वास्थ्य जाच गरी परिवार को जिम्मा लगाईएको छ भने घटनामा संलग्न ति किशोर लाई प्रहरी ले हिरासतमा लिएर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय उदयपुर का एसपि वीर वहादुर वुढा मगर ले बताए । त्यसैगरी १० वर्षिया बालिका लाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा प्रहरी ले उदयपुरको चौदण्डी नगरपालीका १० खैराझोडाका ४५ वर्षिय पर्वत अधिकारी लाई पका्रउ गरेका छ । 

मंगलबार विहान अधिकारी ले छिमेकी को ति बालीका लाई आफनै घरमा लगेर बलात्कार को प्रयास गरेको उजुरीका्  आधारमा पक्राउ  गरीएको इलाका प्रहरी कार्यालय वेलटार का प्रहरी निरिक्षक वुद्धि चौलागाईले बताए ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.