Websoft University

क्वारेन्टाइन राख्ने ४७ वटा होटेलहरुको सूची सार्वजनिक भयो



काठमाण्डौ जेठ २५ गते । रातो तारा डट कम,विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने ४७ वमटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् ।

सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । 

ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् । सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ । अस्ति म्यानमार र युएईबाट नेपालहरु आएका छन् ।  अरु देशबाट पनि नेपालीहरु उद्धारको पर्खाइमा छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.