Websoft University

प्रदेश नं. १ बाट एकैदिन ४० जनाले कोरोना जिते


विराटनगर, ४ असार । रातो तारा डट कम, प्रदेश १ बाट आज ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन । 

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरंगका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका
छन् । सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरुलाई आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ लगायतले विदाई गर्नु
भयो । 

अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई विदाई गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको बताउनु
भयो । प्रदेशवासीले चाँडै सुखद खवर सुन्न पाउने मन्त्री घिमिरेले बताउनुभयो । कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको उहाँले बताउनुभयो । 

क्वारेन्टाईनमा मात्र संक्रमण देखिएकाले चाँडै कोरोना नियन्त्रणमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । क्वारेन्टाईनमा मात्र संक्रमण देखिएकाले क्वारेन्टाईनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेको भनाई छ । मापदण्ड विपरितका क्वारेन्टाईन बन्द गरिदै लैजाने उहाँले बताउनु
भयो ।

आज डिस्चार्ज हुनेहरु गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएकाहरु रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा.शैलेशमणी पोखरेलले जानकारी दिनुभयो । प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ । संक्रमितको संख्या ४ सय १६ रहेको छ ।

संक्रमित मध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.