Websoft University

नेपालमा आज कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्यो– निको भएर १ सय ३६ जना घर फर्किएका छन्


काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । आज रसुवामा ९ जना कोरोना सङक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस जाकारीमा  रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । नेपालमा सङ्क्रमितको सख्ंया १२ हजार ३ सय ९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ६ नमुनाको मात्रै पीसीआर जाँच भएको छ । 

मन्त्रालयको तथ्यांक अनुसार ६ असारमा सबैभन्दा धेरै ७ हजार ४ सय १६ नमुना परीक्षण भएको थियो । त्यसयता परिक्षण क्रमशः घटेको छ । हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर जाँच भएको मन्त्रालयले जनाएको छ । आज कैलालीका एक जना ५० वर्षका  पुरूषको मृत्यु भएको पनि डा. गौतमले जानकारी दिनुभयो । असार ११ मा ती पुरूषमा कोरोना पोजेटिभ देखिएको थियो । 

उनको भरतपुर अस्पतालमा निधन भएको हो । यससंगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।  यस्तै आज १ सय ३६ जना निको भएर घर फर्किएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.