Websoft University

९ सय ७७ नेपाली आज काठमाण्डौ आइपुगे


काठमाण्डौ असार १३ गते । रातो तारा डट कम,आज बिभिन्न देशबाट नेपालीहरुलाई लिएर ६ ओटा बिमान नेपाल आइपुगेका छन् । अहिले सम्म हडंकडं, दोहा, दुबई, दमाम, कुबेत र रियाद शहरबाट नेपालीहरुलाई लिएर चार्टर बिमान काठमाण्डौं आइपुगेका छन् । यी  शहरबाट ९ सय ७७ जना नेपाली आईपुगेका छन् । आरएले हडंकडं र दुबईबाट २ सय २७ जना, कतार एयरवेजले दोहाबाट २४१ जना, हिमालयले दमामबाट १ सय ५४ जना र जजिरा एयरले कुबेतबाट ८६ जनालाई नेपाल ल्याईपु¥याएको छ । त्यस्तै आरएले रियादबाट २ सय ५४ जना लिएर आएको छ । त्यही उडानबाट १५ जना नेपालीको शव पनि नेपाल ल्याईएको विमानस्थल कार्यालयले जनाएको छ । आज नेपाल एयरलाईन्सको जहाज भने अस्ट्रेलिया र मलेशियाको क्वालालाम्पुर हुदै राती साढे १० बजे नेपाल आउँदैछ ।  अस्ट्रेलियाबाट मात्रै २ सय २० जना फर्कनेछन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.