Websoft University

सबै खालका अनुसन्धान पूरा गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्ने खड्काको प्रतिबद्धता


विराटनगर असार १३ गते । रातो तारा डट कम, मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले अनुसन्धान थाती रहेका पुराना अपराधिक घटनाका फायल पल्टाएर आफ्नो कार्यकालमा सबै खालका अनुसन्धान पूरा गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्ने बताएका छन् ।

विराटनगरमा आज पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने सवालमा कुनै पनि कसुर बाँकी नराखिने बताएका हुन् ।

मान्छेका ज्यान गएकादेखि लिएर केही अपराधिक घटनाको अनुसन्धान मोरङमा यस अघि पूरा नभएकाले सबै पक्षको सहयोग लिएर आफ्नो कार्यकालमा अपराध नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थामा लगि पर्ने उनले बताए । 

सबै क्षमता र विज्ञता शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन र अपराध नियन्त्रण एवं अनुसन्धानमा खर्चिने उनले बताए । कोही कसैले पनि प्रहरीमाथि प्रश्न गर्ने वातावरण नबनाउने हिसाबमा काम गर्ने एसपी खड्काले बताए । उनले कानुनी व्यवस्थाको अधिनमा रहेर अशल शासन स्थापित गर्ने गरी प्रहरीले काम कारबाही अघि बढाउनुपर्नेमा जोड दिए ।

मोरङलाई भारतसँग सीमा जोडिएको र सुरक्षाका हिसाबले निक्कै संवेदनशिल जिल्लाका रुपमा आफूले लिएको उनको भनाइ छ । प्रदेश १ को राजधानी पनि भएकाले विराटनगरको वस्तुस्थिति र शान्ति सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय चासो रहने हुँदा त्यही हिसाबमा प्रहरीको काम कारबाही अघि बढाइने एसपी खड्काले बताए । 

अन्तर्राष्ट्रिय नजर पर्ने भएकाले पनि मोरङको शान्ति सुरक्षाको सवालमा सधैं चनाखो हुनु पर्ने कुरामा आफू सजग रहेको एसपी खड्काले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.